देशभर १७१ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २ हजार ९४६ जनाको पिसिआर परीक्षण भएकोमा १७१ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९  पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६६ हजार ८५९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा  एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।  

आज सक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १६:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया