प्रदेश सभाको वार्षिकोत्सवमा सांसद कुर्सीमै बेहोस भएपछि...

प्रदेश २ को प्रदेश सभाको  तेस्रो वार्षिकोत्सव समारोह चलिरहँदा अचानक सांसदहरुकै बीचमा खैलाबैला मच्चियो । टेन्ट लगाएर गरिएको भव्य कार्यक्रममा महिला सांसद कुर्सीमै बेहोस भएपछि सांसदहरुमा खैलाबैला मच्चिएको हो । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद किरण राय यादव अचानक कुर्सीमै बेहोस भएकी हुन् ।

तुरुन्तै केही सांसद तथा सचिवालयका कर्मचारीले एक महिला सांसदलाई बोकेर भवनतर्फ लगे । केही सांसद डाक्टरको खोजीमा लागे । कार्यक्रम स्ठल केही क्षणका लागि स्तब्ध भयो ।  

प्रदेशसभा सचिवालयको एउटा कोठामा हाल उनको उपचार भइरहेको छ । गर्मीका कारण उनी बेहोस भएको एक सांसदले बताए ।

महोत्तरीकी सांसद रायले केही समयअघि रक्तदान गरेकी थिइन् । वार्षिकोत्सव समारोह जारी छ ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १४:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया