पोखरामा जारी टाइगर कप भलिबलको पुरुषतर्फको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र घरेलु टोली गण्डकी प्रदेश भिड्ने भएका छन् ।
आर्मीले शुक्रबार पोखरा रंगशालमा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
आर्मीले निकै प्रतिस्पर्धामत्क बनेको पहिलो सेट २६–२४, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो ।
पहिलो खेलमा गण्डकीसँग ३–१ को सेटले पराजित भएको आर्मीले दोस्रो खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको थियो ।
पहिलो खेलमा गण्डकीलाई ३–० को सोझो सेटले पराजित गरेको पुलिसले दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग ३–२ सेटको पराजय बेहोरेको थियो । स्थानीय टिम गण्डकी र आर्मीबीचको फाइनल खेल शनिबार पोखरा रङ्शालमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।