‘तीन वर्षमा सरकारका तीन उपहार : दम्भ, द्वन्द्व र भ्रष्टाचार' (भिडियाेसहित)

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ ।

वर्तमान सरकारले ३ वर्ष पूरा गरेको सन्दर्भमा नेपाली कांग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो । 

सोमबार नेपाली कांग्रेसका प्रवक्ता शर्माले अनुकुल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको नेपाली कांग्रेसको मुल्यांकन रहेको बताए । 

सरकार बलियो भनिए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मूल्यांकन गरेको प्रवक्ता शर्माले बताए । 





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १७:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया