देउवालाई दबाब दिन बोलाएको भेला स्थगित गरे रामचन्द्र पौडेलले

नेपाली काङ्ग्रेसमा पछिल्लो समय सभापति शेरबहादुर देउवाविरुद्ध विभिन्न आवाज उठिरहेका छन् । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देउवाविरुद्धका भेला र गोष्ठी अब बढाउन थालेका छन् । 

तर, बुधबारका लागि देउवालाई नै दबाब दिने मनाशयले पौडेलले बोलाएको भेला अब स्थगित भएको छ । 

नेपाली कांग्रेसले बुधबारका लागि नै केन्द्रीय समिति बैठक बोलाएपछि पौडेलले यसअघि बोलाएको भेला स्थगित गरेका हुन् । उनले बुधबार विभिन्न जिल्लाका सभापतिहरुलाई भेट्ने कार्यक्रम यसअघि राखेका थिए ।





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार २२:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया