मिथिलाको फुलबुट्टे सारीले मदनकृष्णको मनमा हलचल (भिडियोसहित)

दर्शकको अत्यधिक माया पाएको ‘फुलबुट्टे सारी’ बोलको गीतको ‘लिजेण्डरी भर्सन’ सार्वजनिक भएको छ । सो गीतको यसअघि मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भइसकेको छ । 

मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ वर्षअगाडि रेकर्ड भएको यो गीत पछिल्लो समय मिलन अमात्यको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको थियो । सो गीतले सवा दुई महिनामा ३ करोडभन्दा बढी भ्युज पाएको छ । 

बुधबार सार्वजनिक लिजेन्डरी भर्सनमा मदनकृष्णले स्वर मात्र दिएका छैनन्, मिथिला शर्मालाई अभिनयमा पनि साथ दिएका छन् । 

पछिल्लो भर्सनको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकनमा बनेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।





  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार २१:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया