भारतबाट किन्न लागेको २० लाख कोरोना खोप दुई सातामा नेपाल आउने
फाइल फोटो

सरकारले भारतबाट २० लाख डोज कोरोना विरुद्धको खोप कोभिशिल्ड खरिद गर्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बिहीबार पत्रकार सम्मेलन गरी फागुन २० गतेसम्म २० लाख डोज खोप खरिद गरेर ल्याइने जानकारी दिएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको र भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम भुक्तानी गरिसकेको जानकारी दिएका छन् । 

भारतले अनुखादा दिएको खोप कोभिशिल्ड गत माघ ८ गते नेपाल आएको थियो । त्यसपछि माघ १४ गतेबाट नेपालमा खोप अभियान चलिरहेको छ । 

निजी कम्पनीलाई पनि खोप आयात गर्न दिने तयारी मन्त्रालयले गरेको मन्त्री त्रिपाठीले बताए । त्यो खोप सरकारले खरिद गर्ने नभई निजी प्रयोजनकै लागि उपयोग गर्न पाउँने उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७७ बिहीबार १५:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया