पारिवारिक जमघटबीच प्रधानमन्त्रीले मनाए जन्मदिन (फोटो फिचर)
बालुवाटारमा जन्मदिन मनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) देखि ७० वर्ष लागेका छन्। उनले आफ्नो ७० औँ जन्मदिन सरकारी निवास बालुवाटारमा पारिवारिक जमघटबीच मनाएका छन्। बिहानैदेखि शुभेच्छुक र कार्यकर्ताले ओलीलाई सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन्। 

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्वर्गीय मधु ओलीको पहिलो सन्तानका रुपमा जन्मेकाका उनले बालुवाटारमै खुसी साटासाट गरे। उनको जन्मदिन मनाउन घर र ससुराली तर्फका सदस्यहरु सहभागी थिए। 

प्रधानमन्त्रीको जन्मदिनमा उनका बुवा ९१ वर्षीय मोहनप्रसाद ओली पनि सहभागी भए। त्यस्तै प्रधानमन्त्री ओलीका सासु र सालीहरू पनि जन्मदिन मनाउन पुगेका थिए।  प्रधानमन्त्रीलाई ससुरालीतर्फबाट नेवारी संस्कृति अनुसारका सगुन र उपहार पनि प्रदान गरियो। 

'उहाँको ससुराली र घरतर्फका परिवारका सदस्य मात्रै सहभागी भएर जन्मदिन मनाइएको', प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईँले भने, 'जन्मदिन मनाउने कार्यक्रममा प्रधानमन्त्रीका बुवा, सासु र सालीहरू सहभागी हुनुहुन्थ्यो। उहाँ प्रधानमन्त्री नहुँदा पनि ससुरालीले जन्मदिनलाई विशेष बनाइदिने गर्नु भएको थियो।'





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १५:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया