देश गृहयुद्धतर्फ जानबाट बँच्यो : प्रदेश २ सरकारका प्रवक्ता

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । 

फरकधारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले सर्वोच्चको यस निर्णयका कारण नेपाली जनताको न्यायलयमाथि विश्वास बढेको बताए । 
उनले भने, ‘सर्वोच्चको यस निर्णयले न्यायपालिकामाथिको आशा र विश्वास जीवित छ । संसद पुनर्स्थापनाले न्यायको जित भएको छ ।
 
देशलाई राजनीतिक दुर्घटनामा धकेल्ने प्रयास गरेका तत्वहरु पराजित भएको र देश गृहयुद्धतर्फ जानबाट बचेको उनले बताए । मन्त्री यादवले सर्वोच्चको यस निर्णयले सम्पूर्ण नेपाली जनता उत्साहित भएको प्रतिक्रिया दिए ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया