अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा जनकपुरमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला जनताको हितमा रहेको भन्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

सर्वोच्च अदालतले मंगलबार साँझ गरेको संसद पुनर्स्थापनाको स्वागत गरिएको हो । जनता समाजवादी पार्टी नेपालले स्थानीय जनकचोकमा दीप प्रज्वलन गरी दीपावली मनाएका हुन् ।  

जसपाका नेता–कार्यकर्ताहरुले संसद पुनर्स्थापनाको निर्णयलाई स्वागत गर्दै र मैनबत्ती बालेर दीपावली मनाएका छन् । संसद पुनस्थापना भएकोमा खुसियाली व्यक्त गर्दै कार्यकर्ताहरुले न्यायालयलाई धन्यवाद दिएका थिए ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:४४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया