हाइटीमा जेलबाट २०० कैदी भागे, झडपमा जेलप्रमुखसहित २५को मृत्यु

हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए । 

‘घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये ६ जना कैदी नै रहेका छन् भने एकजना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,’ उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए ।

झण्डै दुई सयजना कैदी भने अझै पनि जेलमै छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मिहिनेत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकाले पनि उनीहरु भाग्न नसकेको उनको भनाइ छ ।

मृत्यु हुनेमा एकजना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् ।  सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्वीकार गरेका छन् । 

हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भाग्ने तथा उनीहरुको मृत्यु भएका घटना बेला–बेलामा हुने गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १६:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया