रघु पन्तविरुद्ध अदालत जाँदै कोमल वली

आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेकपा नेतृ एवम् सांसद कोमल वलीले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने तयारी गरेकी छन्।

हाल गृहजिल्ला दाङमा रहेकी उनले काठमाडौं फर्किएलगत्तै कानुनी उपचारका लागि अदालत जाने तयारी गरेकी हुन्। वलीले आफूमाथि गाली बेइज्जती गरेको भन्दै अदालत जान लागेको फरकधारलाई बताइन्।

'अहिले कानुनी परामर्शमा छु। पन्तजीको त्यो टिप्पणी मविरुद्ध मात्रै होइन, समग्र महिला समुदायकै अपमान हो', उनले भनिन्, 'त्यसविरुद्ध मैले कानुनी उपचार खोज्‍नै पर्ने ठहर गरेकी छु।'





  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १३:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया