एलपीएल क्रिक्रेट प्रतियोगिता : शारदा र होल्यान्ड विजयी

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा शारदा विद्या निकेतन र होल्यान्ड स्कुल विजयी भएका छन् ।

धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई पहिलो खेलमा २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६६ रन बनायो । 

उसका लागि ओपनार दिनेश वडले सर्वाधिक ९२ रनको पारी खेले । अर्जुन साउदले २५ र विराट सेवाले १६ रन बनाए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिए । १६७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल बुद्धले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन मात्रै बनाउनसक्यो ।

लिटल बुद्धका लागि रोयल बमले अविजित रहँदै ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । कप्तान आयुष्मान बम र सागर भण्डारीले २०–२० रन बनाए । शारदाको जितमा दीपक रोकायाले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच शारदाका दिनेश ओड भए ।

दोस्रो खेलमा होल्यान्ड स्कुलले स्टेपिङ स्टोनलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको स्टेपिङले १५ दशमलब ५ ओभरमा सबै

विकेटको क्षतिमा ८६ रन मात्रै बनाउनसक्यो । उसका लागि अभिषेक कुँवरले २६ र आर्यन दानपालीले १३ रन बनाए । होल्यान्डका अशोक धामीले ४ र श्याम साउदले २ विकेट लिए । ८७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको होल्यान्डले ८ दशमलब २ ओभरमा १ विकटको क्षतिमा लक्ष्य भट्टायो । होल्यान्डको जितमा गौरवसिंह रावतले अविजित रहँदै ५५ रन बनाए । खेलका म्यान अफ द म्याच होल्यान्डका अशोक धामी भए ।



लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा भइरहेको पाँचौं संस्करणको प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् ।



  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार १८:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया