खोप लगाउँदै मोदीले भने, 'मिलेर भारतलाई कोरोनामुक्त बनाऔँ'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् । मोदीले सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । 

खोप लगाएपछि मोदीले कोरोना भाइरसको नियन्त्रण र खोपको विकास तथा उत्पादनमा लागेका सबैप्रति सम्मान प्रकट गरेका छन् । मोदीले कोरोनाको विश्वव्यापी महामारीलाई नियन्त्रण गर्नका लागि डाक्टरहरु र वैज्ञानिकहरुले दिएको योगदानलाई स्मरण गरेका छन् । 

मोदीले कोरोनाविरुद्धको खाप लगाउन योग्य सबै व्यक्तिलाई खोप लगाउनका लागि अनुरोध पनि गरेका छन् । सबै मिलेर कोरोना महामारीलाई भारतबाट हटाउनु पर्नेमा उनको जोड छ । 

मोदीले खोप लगाउन योग्य सबै भारतीय नागरिकलाई खोप कार्यक्रममा सहभागी भएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गर्दै देशलाई कोरोनामुक्त बनाउने अभियानमा सहयोगको लागि आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १०:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया