प्रधानमन्त्री कप महिला भलिबल : न्यु डायमन्डको जित

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबलमा न्यु डायमन्ड एकेडेमीले  पहिलो जित दर्ता गरेको छ ।

नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आइतबारको खेलमा न्यु डायमन्ड एकेडेमीले  विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको हो । 

न्यु डायमन्डले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२१ आफ्नो पक्षमा पर्दा तेस्रो सेट २५–२३ ले जित्दै आर्मीले खेलमा फर्कने प्रयास गरेको थियो तर चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै न्यु डायमन्डले जित दर्ता गर्‍यो ।

न्यु डायमन्ड पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको आर्मी दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो ।





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १७:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया