प्रदेश २ : माओवादीका पाँच सांसद् 'विद्रोह' गरेर एमालेतिर!

सर्वोच्च अदालतले फागुन २३ मा साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि सांसद र नेता तानातान सुरु भएको छ। प्रदेश २ मा त्यसको प्रत्यक्ष असर देखिएको छ। त्यहाँ नेकपा माओवादी केन्द्रका पाँचजना प्रदेशसभा सदस्यहरुले विद्रोह गर्ने तयारी गरेको स्रोतले जनाएको छ। 

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुसवाह, दिलीप साह र मोहम्मद समीर माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

यसबारेमा सोध्दा नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद रामचन्द्र मण्डलले छलफल भइरहेको बताए। उनले यसबारेमा अहिले नै केही भन्‍नुपर्ने आवश्यकता नरहेको बताएका छन्। मण्डलले विद्रोह तयारी भएको स्वीकार गरेका छन्। यसबारेमा आफू लगायत ज्वालाकुमारी साह, कुन्दन कुसवाह, दिलीप साह र मोहम्मद समीरबीच छलफल भएपछि मात्रै केही बोल्ने बताए । 

‘राजनीति एकल विचारबाट गर्ने कुरा होइन। हामी सबैजना मिलेर सामूहिक निर्णय गरेका थियौँ', उनले भने, 'पार्टीभित्र बस्ने कि छोड्ने भन्‍ने सवालमा हामी एकजुट भएर छलफल गरेपछि निष्कर्ष निकाल्छौँ।’

नेता मण्डलले राजनीतिक सम्मानका लागि गर्ने भएकाले माओवादी केन्द्र अथवा एमालेमा आफूहरु अपहेलित भएर बस्नुपर्ने अवस्था नरहेको बताए। उनले यस सम्बन्धमा आफूहरुले अहिलेसम्म निर्णय गर्न बाँकी रहेको उल्लेख गरे।





  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १८:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया