राखी गौचनको ‘हे मन’ सार्वजनिक (भिडियो)

गीतकार राखी गौचनले आफ्नो बिल्कुलै नयाँ गीत ‘हे मन’को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।  

सुगम संगीतमा आधारित यस गीतमा गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को  स्वर सुन्न सकिन्छ।  गायक थापा स्वयंले संगीतबद्ध गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक  भिडियोमा सुधीर श्रेष्ठ, सिर्जना जिसी र प्रनिमा दाहाल फिचर्ड छन्।  उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा सिलन लम्सालको सम्पादन रहेको छ। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।  

डस म्युजिक नेपालको आधिकारिक च्यानलमार्फत भिडियो तयार सार्वजनिक गरिएको  हो। मौलिक र स्तरीय सिर्जनामार्फत साहित्य र संगीत यात्रामा निरन्तर क्रियाशील गौचनले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेकी छिन्।  





  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार १९:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया