माधव नेपालको कटाक्ष : केपी ओलीले फाल्दैमा हामी फालिने हैनौँ, फुर्ती नलगाए हुन्छ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले फाल्दैमा आफूहरु नफालिने बताएका छन्। माधवकुमार नेपाल-झलनाथ खनाल समूहको काठमाडौं जिल्ला भेलालाई आइतवार बुद्धनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'के फाल्लान् केपी ओलीले? केपीले फालिएर हामी फालिने हौँ? उनले ल्याएर हामी आएका हौँ?', उनले प्रश्न गरे, 'कसैले प्रधानमन्त्री पदको फुर्ती लगाउँछ भने त्यसको कुनै दम छैन। जालझेल षडयन्त्रको आधारमा कसैले फुर्ती लाउँछ भने त्यसको पनि काम छैन।'

नेपालले ओलीमाथि नवौँ महाधिवेशनमा जालझेल गरेर जितेको आरोप लगाए। 'नवौँ महाधिवेशनमा जालझेल गरेर जितेको आधारमा फुर्ती नलगाए हुन्छ', उनले भने, 'संगठनको हिसाबले हामी कमजोर छैनौँ। हामीसँग १० जना पदाधिकारी छन्, उहाँको साथमा ५ जना मात्रै छन्। हामीसँग बहुमत स्थायी कमिटी सदस्य पनि छन्।'

उनले ओली पक्षले आफूहरुको पक्षमा लागेका नेता कार्यकर्तालाई धम्की दिएको पनि आरोप लगाए। 'चुनौतीको सामना गर्दै अनेक किसिमका लोभ प्रलोभन त्याग्दै धाकधम्की सामना गर्दै तपाईंहरु यहाँ आइपुग्नु भएको छ', उनले भने, ''जब आँधीहुरी आउँछ त्यस्तो बेलामा सतीसाल मात्रै एक्लै ठिंग उभिन सक्छ । सतीसाल बनेर तपाईंहरु आउनु भएको छ। सत्ताको आकर्षणलाई त्यागेर आउनु भएको छ। कारवाही हुन्छ कि भन्ने डर त्यागेर यहाँ आउनु भएको छ। अब हामी पार्टी बनाउँछौँ।'

भिडियो





  • प्रकाशित मिति : चैत २२, २०७७ आइतबार १४:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया