सांसद विमला विकको कविता : प्रधानमन्त्री अर्को प्रतिगमन गरिदेऊ

केही समययताका प्रतिनिधिसभा सांसदहरु एकपछि अर्को कवि निस्किन थालेका छन्।  बिहीबारको प्रतिनिसभा बैठकमा एमाले सांसद शान्ता चौधरीले सरकारका कामको बचाउ गर्दै कविता सुनाइन्।

आजकै बैठकको  शून्य समयमा अर्की एमाले सांसद विमल विश्वकर्माले पनि कविता सुनाइन्। एक मिनेटभित्र समसामयिक विषयमा कुरा राख्नुपर्नेमा उनले पनि कविता सुनाइन् ।

उनले आफ्नो कवितामार्फत देश विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को प्रतिगमन गर्न आग्रह गरिन्। उनको कविता एक मिनेटभित्र सकिएन।

सभामुखले माइक काटिसकेपछि उनले भनिन्, 'सम्माननीय प्रधानमन्त्रीज्यू! अर्को एउटा अपराध र प्रतिगमन गरिदेऊ, लिम्पियाधुरामा २०७८ को जनगणना गरिदेऊ।'

वर्षौंपछि मेलम्चीको पानी काठमाडौँ आए पनि
अतिक्रमित भू-भाग समेटेर नक्सा ल्याए पनि
देशैभरि विकासका लहर छरे पनि
ऐतिहासिक सम्झौता र सन्धि गरे पनि
रेल, तेल, पुन:पुनर्निर्माण जे जे गरे पनि
केही देख्‍न नसक्ने दोषी चस्माधारी नजरलाई म के भनौं ?

राष्ट्र र जनभावनामाथि ठेस पुर्‍याउँदै 'कम्फरटेबल' सरकार बनाउँछौ भन्‍नेहरुलाई म के भनौँ ?
पद र प्रतिष्ठालाई प्राथमिकतामा राख्दै अपमान भयो भन्‍नेहरुलाई म के भनौँ ?



राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई जोगाउँदै ताजा जनादेशमा जाँदा प्रतिगमन हुन्छ भने
म सम्माननीय प्रधानमन्त्रीलाई अर्को अपराध प्रतिगमन गर्न आग्रह गर्न चाहान्छु
लिम्पियाधुरा, कालापानी नक्सामा मात्र होइन यथाशिघ्र फिर्ता ल्याई २०६८ सालको जनगणना गरिदेऊ



  • प्रकाशित मिति : चैत २६, २०७७ बिहीबार १५:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया