दोलखामा जिप दुर्घटना हुँदा ४ को मृत्यु, १७ घाइते

दोलखामा जिप दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । १७ जना घाइते भएका छन् । 

हिजो राति ११ बजे सिँगटीमा बागमती प्रदेश ०१-०२३ च ७५८० नम्बरको जिप सडकबाट तल खसेर दुर्घटना भएको हो । तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।

दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खत्री र २४ वर्षीया चन्दिका खड्काको निधन भएको हो । 

मृतक चारैजना एउटै गाउँका रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी अरु १७ जना घाइते भएका छन् । घाइते भएका चालकसहितका व्यक्तिको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : चैत ३१, २०७७ मंगलबार ७:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया