मौसम : पहाडी भू-भागका केही स्थानमा  चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना
फाइल फोटो

हाल देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली छ ।  

 महाशाखाका अनुसार आज दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।   देशका पहाडी भू–भागका थेरै स्थानहरुमा मेघगर्जन र चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना  छ । 

 आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा  रहने छ । देशका पहाडी भू–भागका एक दुई  स्थानमा मेघगर्जन तथा चट्ट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : वैशाख २, २०७८ बिहीबार ६:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया