सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार राति बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन्। कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिक यात्रु बर टिपरसँग ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।
दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिइएको छ। सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजेतिर विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दुर्घटनामा पाँचजनाको ज्यान गएको बताए। दुर्घटनाका घाइतेलाई कोहलपुर मेडिकल कलेज पठाइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा टिप्परका सह-चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छ। त्यसैगरी बसमा सवार ४१ वर्षीय जीवन कुमार विक र छत्रबहादुर कटुवाल छन्। दुर्घटना ज्यान गुमाएकी ३५ वर्षीया महिलाको पहिचान खुलेको छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।