बाबुराम भट्टराईको विश्वास : भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कर्णालीले प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेको बताएका छन् । उनले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएको बताए । 

डा. भट्टराईले मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि आग्रह गरेका छन् । उनले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गरेका छन् । 

डा. भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सन पनि आग्रह गरेका छन् । उनले कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने पनि उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख ४, २०७८ शनिबार ८:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया