मेस्सी चम्कँदा बार्सिलोनाले जित्यो 'कोपा डेल रे'को उपाधि

स्पेनिस जायन्ट बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । कप्तान लियोनेल मेस्सी चम्किएपछि बार्सिलोना च्याम्पियन बन्न सफल भएको हो । 

गएराति भएको फाइनल खेलमा एथ्लेटिका क्लब बिल्वाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको यो सिजनको पहिलो उपाधि पनि हो ।

उपाधि भिडन्तको पहिला हाफ बराबरीमा रहँदा सबै गोल दोस्रो हाफमा भएको थियो । सेभियामा भएको फाइनलमा चार गोल नै ६० देखि ७२ मिनेटबीचमा भएको थियो । 

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा एन्टोनी ग्रिजम्यान र फ्रान्कि डि योङले एक एक गोल गरेका थिए ।

खेलको ६०औँ मिनेटमा गिज्रम्यानले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा योङले अग्रता दोब्बर बनाएका थिए ।

बाँकी दुई गोल कप्तान मेस्सीले गरे । उनले ६८ र ७२औँ मिनेटमा लगातार दुई गोल गरेपछि बार्सिलोना फाइनलमा ४-० गोल अन्तरले विजयी भयो ।





  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार ६:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया