‘मरता क्या नहीं कर्ता’ कर्णालीमा केपी ओलीलाई सिद्ध्याइदियौँ : माधव नेपाल
ओली अहंकारी बन्दै गएको आरोप

काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अरुलाई सिद्धयाउन खोजेपछि कर्णाली प्रदेशसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिद्ध्याउने अभियान थालिएको बताएका छन्। 

नेपालले आफू पक्षीय नेता कार्यकर्तालाई काभ्रेको बनेपामा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई सिद्ध्याएर छाड्ने दाबी गरेका हुन्। 'अरुलाई सिध्याउन खोजेपछि कर्णालीमा उल्टै ओलीलाई सिद्ध्याइदियौँ', उनले भने, 'मर्ता क्या नहीं कर्ता भनेजस्तो भएपछि सिद्ध्याइदिएकै हौँ।'

नेता नेपालले ओलीलाई अहंकारी बनेको आरोप पनि लगाए। 'कर्णालीमा मेरो आदेश नमान्‍नेलाई सिध्याइदिन्छु भनेपछि 'मर्ता क्या नहीं कर्ता' भने जस्तै उसैलाई सिध्याइदिएँ', उनले भने, 'ओली अहंकारी बनेर गए। हुकुमी शैलीमा जे भन्यो त्यही आदेशको पालना गर्न बाध्य पार्न खोजे।'

ओलीको कार्यशैली कम्युनिस्ट आन्दोलनलाई सिध्याउने उद्देश्यबाट प्रेरित रहेको आरोप पनि उनले लगाए । 'ओली कम्युनिष्ट आन्दोलन सिद्धयाउने दिशामा छन्', उनले भने, 'कम्युनिस्ट आन्दोलन र एमाले जोगाउन हामी अगाडि बढेका छौँ।'

उनले आफू पक्षीय सांसद र नेताहरुलाई ठेगान लगाउन खोज्ने ओलीनिकट नेता यामलाल कँडेललाई पनि ठेगान लगाइदिएको बताए। कँडेलले पनि हुकुमी शासनको शैलीमा पेल्न खोजेपछि आफूहरुले उनलाई पनि देखाइदिएको भन्दै कटाक्ष गरे।

कर्णाली प्रदेशमा शुक्रबार फ्लोर क्रस गरी ४ जना एमाले सांसदले माओवादी केन्द्र मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई मतदान गरेका थिए। उक्त मतदान नेता नेपालकै निर्देशनमा भएको थियो। 



ओली पक्षले सबै सांसदहरु एक रहेको जिकिर गरिरहेका बेला फ्लोर क्रस भएपछि राजनीतिक तरंग छाएको छ। कर्णाली तरंगको भोलिपल्टै नेता नेपाल र प्रचण्डबीच काठमाडौंमा भेटवार्ता भइसकेको छ। नेपालकै निर्देशनमा कर्णालीमा फ्लोर क्रस गरेको कुरा नेता प्रकाश ज्वालाले बताइसकेका छन्। 



  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार २१:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया