‘किन मायामा’ प्रभात र सुष्मिता

‘द भोइस अफ नेपाल’मा ‘तीन पाते’ गीत प्रस्तुत गरेर चर्चा कमाउन सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक गरेका छन्।  

यस  गीतमा शब्द गोपाल लोहारको रहेको छ ।  वसन्त सापकोटाले  यस गीतलाई संगीतबद्ध गरेका हुन् । गीतमा  विसम आचार्यको संगीत संयोजन रहेको छ ।  त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।

श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई  श्याम लामा र काजी लिम्बूको संयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्सनको आधिकारिक च्यानलमार्फत् भिडियो  सार्वजनिक गरिएको  हो ।





  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार १५:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया