सेनाले ७५० शय्याको अस्पताल बनाउँदै, प्रधानमन्त्रीले गरे शिलान्यास

नेपाली सेनाले छाउनीमा बनाउन लागेको ७५० शय्याको अस्पताल प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक कार्यक्रमबीच शिलान्यास गरेका छन्। 

सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । 

त्यस क्रममा ओलीले शनिबार शिलालेखको अनावरण तथा निर्माण गरिने अस्पतालको गुरुयोजनाको अवलोकन पनि गरेका छन्।

कार्यक्रममा ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनका लागि नवनिर्माण गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिरहेको बताए। 

यो महत्वपूर्ण कार्यमा नेपाली सेनालाई सफलताको शुभकामना दिँदै प्रधानमन्त्रीले प्रधानसेनापतिसहितलाई धन्यवाद दिएका छन्। 

५०० जना घाइते र बिरामी उपचार क्षमताको उक्त अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि नेपालकै नमुना अस्पताल हुनेछ। रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवा यो अस्पतालले प्रदान गर्ने सेनाको योजना छ । विपदका बेला ६ हजार जनाको एकै पटक उपचार गर्ने क्षमतासहित निर्माण थालिएको हो।



यो अस्पताल २०७ रोपनी जग्गामा निर्माण हुँदैछ। अस्पतालमा अबको ७ वर्षमा सेवा सुरु हुनेछ। यो अस्पताल १० वर्षभित्र पूर्ण रुपमा सञ्चालन आउनेछ। 
 



  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार १६:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया