असममा ६.४ रेक्टर स्केलको भूकम्प, नेपालको पूर्वी भेगमा धक्का महसुस

भारतको असम राज्यमा ठूलो भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ बजेर ५५ मिनेटमा असमको गुवाहटीलाई केन्द्र भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । 

गुवाहटी आसपासको क्षेत्रमा केही मिनेटसम्म भूकम्पको धक्का लगातार महसुस गरिएको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ । 

उक्त भूकम्पको झट्का असमसँगै उत्तर बंगाल र नेपालको पूर्वी भागमा पनि महसुस गरिएको छ । गुवाहटीमा भूकम्पले ठूलो मात्रामा भौतिक क्षति पुर्याएको भएपनि विस्तृत विवरण आइनसकेको असमका मन्त्री हिमन्त विश्व शर्माले ट्विटमार्फत जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : वैशाख १५, २०७८ बुधबार ८:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया