आइसिसी टि-२० विश्वकप युएईमा सर्न सक्ने

सन् २०२१ मा भारतमा लय भएको आइसिसी टि-२० विश्वकप क्रिकेट संयुक्त अरब इमिरेट्स (युएई) मा सर्न सक्ने सम्भावना बढेको छ । 

भारतमा कोरोनाको दोस्रो लहरले भयावह रूप लिन थालेपछि विश्वकप भारतमै हुने सम्भावना न्यून बनेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) पनि आफ्नो प्लान ‘बी’अनुसार विश्वकप युएईमा गर्न सहमत भएको छ । 

बिसिसिआईका जनरल म्यानेजर धीरज मल्होत्राले सकेसम्म विश्वकप भारतमै गर्ने प्रयास गरिहेको र सम्भव नभए युएईमा सार्ने तयार गरेको जानकारी दिए । 

बिसिसिआईले विश्वकप आयोजनाका लागि चेन्नई, अहमदावाद, दिल्ली, बैंग्लुरु, हैदराबाद, धर्मशाला, कोलकाता, मुम्बई र लखनउमा गर्ने प्रस्ताव गरेको छ । 

१६ टोलीको सहभागिता रहने यो विश्वकप आगामी अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुनेछ । 



सन् २०२० मा अस्ट्रेलियामा हुने तय भएको विश्वकप कोरोनाका कारण भारतमा सारिएको थियो ।



  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १५:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया