कोरोना संकटमा स्वास्थ्यमन्त्रीको चार मिनेट सम्बोधनः हामी आतंकित हुने स्थितिमा छैनौँ

कोरोनाभाइरसको दोस्रो लहरले नेपाललाई ग्रस्त बनाइसकेको छ । दैनिक पाँच हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित पछिल्ला दिनमा नेपालमा थपिन थालेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु कोरोनाका कारण भइरहेको छ ।

तर, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्– हामी आतंकिन हुनु पर्ने स्थितिमा छैनौँ ।

फेसबुकमा हालिएको चार मिनेट लामो भिडियोमा मन्त्री त्रिपाठीले भोलिबाट काठमाडौंमा एक हजार बेड थप्ने तयारी गरेको पनि जानकारी दिएका छन् ।

उनले विश्व नै अहिले प्रताडित भएको र दक्षिणी छिमेकी हिन्दुस्तान प्रताडित भएको पनि भिडियोमा जनाएका छन् । उनले सबैलाई आतंकित हुने अवस्था नभएको र जिम्मा सरकारले लिएको बताएका छन् ।

‘सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न कटिबद्ध छ,’ उनले भनेका छन् ।

उनले सरकारले हातखुट्टा नछोडेको पनि बताएका छन् । बाहिर प्रचार भएजस्तो नभएको प्रष्टिकरण दिएका छन् । उनले केही दिनभित्र औषधि आपूर्ति हुने पनि बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार २०:४१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया