लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले शपथ लिएका छन् ।
पोखरेलका निजी सचिव तिरण गौतमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
कांग्रेस माओवादीलगायत विपक्षी दलहरुको अवरोधका बीच उनले शपथ लिएका हुन् ।
पोखरेलले शपथ लिएसँगै चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।
गौतमका अनुसार बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना, हरि रिजालले स्वास्थ्य, सन्तोष पाण्डेयले भौतिक पूर्वाधार विकास र विजयबहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन्।
माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलले दोस्रो पटक मुख्यमन्त्री पदमा संविधान बमोजिम पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ।
Posted by Tiran Gautam on Sunday, May 2, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।