नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । ०५८ साल वैशाख २१ गते स्थापना भएको सो कम्पनीले सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ ।

कम्पनीले  विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको सामना गर्न अग्रपंक्तिमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गरेको छ । 

२१ औँ वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले कम्पनीलाई यो उचाइसम्म पुर्याउनसहयोग गर्ने नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी लगायत सबैलाई कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् । 

कम्पनीमा सर्वाधिक लगानी १११.४७ अर्ब रुपैयाँ रहेको र  सर्वाधिक जीवन बिमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७.१९ अर्बभन्दा माथि रहेको छ जनाइएको छ । 

१ अर्बभन्दा बढी बजार पुँजीकरण रहेको यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदाबी ३.७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको जनाएको छ ।
 
कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र देशभर २ सय शाखा तथा उपशाखामार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको विज्ञप्तिमा जनाइएको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेको कम्पनीको दाबी छ । 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार २१:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया