च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा, पिएसजी बाहिरियो

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन, पिएसजीलाई पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । 

सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २–० ले हराउँदै समग्रमा ४–१ गोल अन्तरको नतिजा सहित सिटी फाइनल पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन दुवै गोल रियाद महरेजले गरे ।

खेलको ११औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित पक्का गरे ।

पिएसजीले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सीमित बनेको थियो ।

यसअघि सेमिफाइनलको पहिलो लेगमा सिटीले २–१ को अग्रता बनाएको थियो । सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पराजित हुँदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाइनल खेलेको थियो ।

सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् । 



दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ६:४९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया