धनुषासँग जोडिएका नाका आजदेखि बन्द

कोरोनाभाइरसको दोस्रो लहरको प्रभावका कारण स्थानीय प्रशासनले धनुषासँग जोडिएका भारतीय नाका आज बुधबारदेखि पूर्णरुपमा बन्द गरेको छ ।
 
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै कोरोनाको लहर तीव्र रुपमा बढिरहेकाले धनुषासँग जोडिएको सबै नाका बन्द गरिएको जानकारी दिए । 

प्रजिअ बास्तोलाले नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको निर्णयमा नेपाल भारतबीच आवतजावत गर्न यस जिल्लाको कुनै नाका नपरेकाले जिल्लाका नाकाबाट भारततर्फ आवतजावत गर्न निषेध गरिएको जानकारी दिएका छन् । 

धनुषासँग जोडएको जटही, इनर्वालगायत नाकाबाट आवतजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।





  • प्रकाशित मिति : वैशाख २२, २०७८ बुधबार १८:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया