संघीय संसदका ४ सांसद र २ कर्मचारीलाई कोरोना पुष्टि
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा एमाले नेता माधव नेपालको स्वाबको नमुना लिइँदै । उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

संघीय संसदका ४ सा‌सदलाई कोरोना संक्रमण देखिएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार लिइएको स्वाबको नमुनाको रिपोर्ट बिहीबार आएको हो । 

बुधबार स्वाब लिइएका सांसदहरुमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीको पोजेटिभ रिपोर्ट आएको संसद सचिवालयले जानकारी दिएको छ । 

साथै बुधबार स्वाब लिएका मध्ये दुई कर्मचारीको पनि पोजेटिभ रिपोर्ट आएको छ । 

उनीहरु चारै जना प्रतिनिधिसभा सदस्य हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन भन्दै २७ गतेका लागि संघीय संसदको अधिवेशन बोलाएपछि सांसद तथा सचिवालयका कर्मचारीहरुको पिसिआर परीक्षण गरिएको थियो।

बुधबार स्वाब संकलन गर्न नभ्याइएका हरुको आज पनि संकलन गरिँदैछ । सांसद कर्मचारीका अलवा सुरक्षाकर्मी, संसदीय मामिला हेर्ने पत्रकारहरुको समेत पिसिआर परीक्षण गरिएको छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०७८ बिहीबार १३:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया