वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार दिउँसो प्रधानको निधन भएको संगीतकार लक्षमण शेषले जानकारी दिए । उनलाई गत शुक्रबार छातीमा सामान्य इन्फेक्सन देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८२ वर्षीय प्रधानको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

उनमा सामान्य ज्वरो र छातीमा इन्फेक्सन देखिएपछि कोरोनाको शंका गरिएको थियो । तर, पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो । प्रधानको सन २०१५ मा ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो ।





  • प्रकाशित मिति : वैशाख २३, २०७८ बिहीबार १४:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया