आँगनमा बसिरहेकी हजुरआमालाई बन्चरोले हानेर हत्या

हेटौंडामा शुक्रबार नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छन् । घरको आँगनमा बसिरहेका बेला गुरुङलाई आफ्नै नाति २२ वर्षीया आकाशले बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते गुरुङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले बताएका छन् । बन्चरो प्रहार गर्ने नातिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : वैशाख २४, २०७८ शुक्रबार १९:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया