नारायणकाजी श्रेष्ठको आह्वान, 'घिसिपिटेपन र तदर्थवादबाट फड्को मारेर स्वयंसेवामा जुटौँ'

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठले  घिसिपिटेपन र तदर्थवादबाट फड्को मारेर स्वयंसेवामा जुट्न सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

पार्टी एकजुट भएकोमा नेकपा(एमाले) का नेता कार्यकर्तालाई बधाई तथा शुभकामना दिँदै श्रेष्ठले आफ्नो पार्टी र कम्युनिष्ट क्रान्तिकारीहरुले अब प्रतिक्रियात्मक भएर अरुको विरोधमा समय खेर फाल्न नहुने बताए । 

श्रेष्ठले अब माओवादीले देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसाथ गर्दै व्यवस्थित रुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक   सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्ने बताए । 

श्रेष्ठले वैचारिक छिपछिपेपन, विधिपद्धतिको अवज्ञा, व्यक्तिवाद, संकीर्णता, अनेकता, गुटबन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्ने र त्यसको विरुद्ध संघर्ष गर्न दृढ हुनुपर्ने भन्दै त्यसरी मात्रै क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलता उन्मुख हुँदै अघि बढ्न सक्ने बताए । 
 
विचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुण, चरित्र नभएको भन्दै श्रेष्ठले घिसिपिटेपन  र तदर्थवादबाट फड्को नमारे आजको आवश्यकता पूरा गर्न नसकिने बताए । उनले तत्काल सिङ्गो पार्टी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुट्न आह्वान गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार ११:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया