[फोटो फिचर] सुनसान प्रदेश राजधानी हेटौंडा

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार रातिबाट जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरी त्यसको स्वरूप समेत परिवर्तन गरेको  छ । 

यसअघि खाद्यान्न, तरकारी र अत्यावश्यक उपभोग्य सामान खरिद गर्न बिहान ३ घण्टा हेटौंडा बजार खुला गर्न समय दिइएकोमा शनिबारबाट सातामा मंगलबार र शुक्रबार दुई दिन मात्र खाद्यान्न, तरकारीसहित बैंक तथा वित्तीय संस्था खोल्ने व्यवस्था गरिएको हो ।

जिल्लामा कोरोना संक्रमित बढ्नथालेपछि मानिसलाई अनावश्यक हिंडडुलमा रोक लगाएको छ । ४ स्थानीय तहमा लगाइएको निषेधाज्ञा सबै स्थानीय तहमा कायम गरिएको छ ।

परिमार्जन गरी थप गरिएको निषेधाज्ञाको पहिलो दिन प्रहरीले जाँच कडाइ गरेको छ । अनावश्यक सञ्चालनमा आएका सवारीलाई नियन्त्रणमा लिएको छ । मानिसलाई हिंडडुलमा रोक लगाएको छ ।

यसै क्रममा मकवानपुर प्रहरीले शनिबार बिहान हेटौंडाबाट नक्कली एक पत्रकार नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १६:४९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया