कोभिड संकटविरुद्ध बालुवाटारमा सर्वपक्षीय बैठक (हेर्नुस् तस्बिर)

कोभिड-१९ महामारीले गम्भीर संकट निम्त्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक छलफल थालेका छन्। तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेको भोलिपल्ट प्रधानमन्त्री ओलीले कोभिड संकटविरुद्ध योजना बनाउन संयुक्त बैठक राखेका हुन्। 

शुक्रबार सिंहदरबारमा पदभार ग्रहणमा क्रममा ओलीले अब सरकारले कोरोनाविरुद्ध सबै शक्ति लगाउने बताएका थिए। कोभिडले निम्त्याएको संकटविरुद्ध लड्न छिमेकीसहित अन्तर्राष्ट्रिय समुदाय गुहारेको भोलिपल्टै ओलीले सर्वपक्षीय बैठक राखेका हुन्। 

बालुवाटारमा अहिले जारी बैठकमा संघीय सरकारका मन्त्री, उच्च सरकारी अधिकारी र  कोरोनाविरुद्ध जुटिरहेका विज्ञलाई पनि सहभागी गरिएको छ। त्यस्तै बैठकमा राजधानीका अस्पताल सञ्चालक, अक्सिजन उद्योगका मालिक र उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रलाई बोलाइएको छ।

यो बैठकबाट आवश्यक सुझाव लिएर सरकारले कोभिड नियन्त्रणका लागि थप रणनीति तय गर्ने भएको छ। नेपालमा कोभिडको दोस्रो लहरका कारण दैनिक २ सयभन्दा माथि मानिसको ज्यान गइरहेको छ। 






 

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार २०:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया