'बिहान उठेपछि दुई घण्टासम्म सामाजिक सञ्जाल नहेर्नू'

सरकारले कोरोना संक्रमण बढ्दै गइरहेका बेला सामाजिक सञ्जाल धेरै नहेर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आइतवारको नियमित कोभिड अपडेटका क्रममा यस्तो बताएका हुन्। 

'बिहान उठेपछि दुई घण्टा सामाजिक सञ्‍जाल नहेर्नुस्, परिवारका सदस्यहरूसँगै बसेर खाना खानुस्', गौतमले भने, 'मृत्यु र अभावका मात्रै कुरा नगर्नु, त्यसले दिमागमा असर गर्न सक्छ।'

गौतमले अहिले संकटको समयमा आधा घण्टाभन्दा धेरै एकै ठाउँमा नबस्न पनि भनेका छन्। 'आधा घण्टा बढी एक ठाउँमा नबस्नु, सकेसम्म हावा खेल्न कोठामा बस्नुस्। कोठैमा भए पनि झ्याल ढोका खोलेर मात्रै बस्नु, एक अर्कालाई मद्दत गर्ने बानी बसालौँ।'





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १६:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया