१४९ सांसदको हस्ताक्षरसहित विपक्षी दल शीतल निवासमा, देउवा प्रधानमन्त्रीमा प्रस्तावित

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदसहितको हस्ताक्षर लिएर विपक्षी गष गठबन्धन राष्ट्रपतिको कार्यालय शीतल निवास गएको छ। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा भएको निर्णायक छलफलपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बहुमत दाबी गर्न शीतल निवास हिँडेका हुन। 

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाका अनुसार आजको बैठकमा नयाँ सरकारका लागि १४९ जना सांसदले हस्ताक्षर गरेका छन्। जसमा कांग्रेसका ६१ जना, माओवादीका  ४८ जना, जसपा उपेन्द्र यादव समूहका १३ जना र माधवकुमार नेपाल समूहका २७ जनाले हस्ताक्षर गरेका छन्। 





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १५:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया