जनकपुरमा ओली समर्थकले पाँच विपक्षी नेताको पुत्ला जलाए

सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै जनकपुरधाममा पाँच नेताहरुको पुत्ला जलाइएको छ । 

नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघको अगुवाइमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको हो ।

ती नेतालाई ‘मधेस विरोधी’को संज्ञा दिदैँ पुत्ला दहन गरिएको युवा संघ धनुषाका सदस्य सुजित यादवले जानकारी दिए । उनले कांग्रेस, माओवादी र जसपा नागरिकता अध्यादेशको विरोधमा रहेकाले ती नेताहरुको पुत्ला जलाइएको बताए । यादवले तराईको समस्या हल गर्ने गरी आएको नागरिकता अध्यादेशबाट स्थानीयवासीमा उल्लास छाएको दाबीसमेत गरे । 

यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा सोमबार पनि जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको थियो ।





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १७:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया