चीनले दिएको १० लाख डोज खोप लिन निगमको जहाज सोमबार बेइजिङ जाने

चीनले सहुलियतस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायु सेवा निगमको एउटा जहाज बेइजिङ जाने भएको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले यसबारे शुक्रबार जानकारी दिएका हुन्। 

चीनले दिने भनिएको १० लाख डोजमा आठ लाख डोज खोप बेइजिङबाट नेपाल वायु सेवा निगमको ए३३० वाइडबडीले ल्याउने पक्का भएको हो। बाँकी २ लाख डोज खोप भने तिब्बत सरकारले उपलब्ध गराउने भएको छ। दुई लाख डोज कुन्मिङबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच यही बुधबार भएको ४० मिनेट लामो वार्ता लगत्तै चीनल १० लाख डोज खोप सहुलियतमा दिने घोषणा गरेको थियो।

'चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए३३० वाइडबडी विमान पठाउने तयारी गर्दैछौँ', उनले भनेका छन्। 

नेपाल वायुसेवा निगम कोरोनाविरुद्धको सरकारको लडाइँमा पछिल्लो समय निरन्तर खटिइरहेको छ। चीनसहित विभिन्न देशबाट अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामाग्री एक महिनायता निगमको जहाजले निरन्तर ओसारिरहेको छ। 

यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो। त्यो खोप पनि नेपाल वायुसेवा निगमको चार्टर उडानबाट काठमाडौं ल्याइएको थियो।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १४:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया