इङ्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले ऋषभ पन्तले गर्दा आफूलाई टेस्ट क्रिकेट हेर्न मन लाग्ने गरेको बताएका छन् ।
‘मैले केवल सेतो बलमात्र खेलेको छु । चोटका कारण टेस्ट खेल्न पाएको छैन’, मिल्सले टाइम्स नाउसँगको कुराकानीमा भने, ‘मलाई टेस्ट क्रिकेट हेर्न मन पर्दैन । तर जब ऋषभ पन्त ब्याटिङ गर्न आउँछन्, म उनलाई हेर्न मन पराउँछु ।’
‘पन्त क्रिजमा हुन्छन् म निकै उत्साहित हुन्छु किनकि उनको आक्रामक शैलीको ब्याटिङ हेर्न निकै मजा आउँछ । उनी एक बक्स अफिस जस्तै हुन् । जसका लागि तपाईं आफ्नो टेलिभिजन खुल्ला राख्नु हुन्छ ।’
‘उनले टि-२० र एकदिवसीयमा पनि पुनरागमन गरे । पन्तले धेरै उत्कृष्ट पारी खेलेका छन् जुन हेर्न लायक छन् । म सधैँ आक्रामक क्रिकेट हेन लालायित हुन्छु ।’
पन्तको अन्तर्राष्ट्रिय करियर मध्यम छ । सुरुवातमा उनलाई महेन्द्रसिंह धोनीको विकल्पका रूपमा हेरिएको थियो । तर राम्रो प्रदर्शन गर्न नसकेका कारण पन्तलाई भारतीय राष्ट्रिय टिमबाट हटाइयो ।
पन्तले अष्ट्रेलियाविरुद्ध उत्कृष्ट पुनरागमन गरे । उनले भारतलाई सिरिज जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।