कोरोना विरुद्धको खोप सहयाेग गर्न​ बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइदिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी छन् । कोरोना महामारीले अक्रान्त बनाएको नेपाललाई अमेरिकी खोप उपलब्ध गराइदिनका लागि भण्डारीले पत्र लेखेकी हुन् । 

राष्ट्रपति भण्डारीले बाइडेनलाई लेखेको पत्रमा अमेरिकाले चाँडै विभिन्न देशलाई बाँड्न लागेको ८ करोड डोज खोपमध्ये केही खोप नेपाललाई उपलब्ध गराउनका लागि अमेरिकालाई आग्रह गरिएको छ ।

राष्ट्रपति भण्डारीले लेखेको बाइडेनलाई लेखेको पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा बुझाएका छन् । दूतावासले एक विज्ञप्ति जारी गर्दै पत्र बुझाइएको जानकारी दिएको छ ।

विज्ञप्तिका अनुसार राजदूत खतिवडाले अमेरिकी स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार एर्भिन मासिंगालाई पत्र बुझाएका छन् । पत्र बुझाउँदै राजदूत खतिवडाले मासिंगालाई नेपालमा संक्रमणको अवस्था र खोप अभियानबारे जानकारी गराएका थिए । 
 
दूतावासका अनुसार अमेरिकी स्टेट डिपार्टमेन्टका सल्लाहकार मासिंगाले नेपाललाई जतिसक्दो चाँडो कोभ्याक्स सुविधा र द्विपक्षीय संयन्त्रबाट खोप उपलब्ध गराउन पहल गर्ने जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १२:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया