महन्थ ठाकुर पक्षका यी नेताहरू सरकारमा जाँदै, कसलाई कुन मन्त्रालय ?

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा जाने टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने नेताहरुको टुंगो लागेको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित राजेन्द्र महतोले जसपाका तर्फबाट नेतृत्व गर्ने गरी तय भएको जसपा निकट स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार ठाकुर पक्षका नेता राजेन्द्र महतोलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै, शरद सिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिल झालाई शहरी विकास मन्त्रालय, बिमल श्रीवास्तवलाई खानेपानी मन्त्री, उमाशंकर अरगरिया युवा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने तय भएको स्रोतले दाबी गरेको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७८ शुक्रबार १२:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया