सामाजिक सञ्जालबाट निकालिए डोनाल्ड ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालको बहिष्कारमा परेका छन् । ट्रम्पलाई चर्चित सामाजिक सञ्जालहरुले कारबाही स्वरुप उनको खाता बन्द गराएका हुन् । 

ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द भएको छ । फेसबुकले आफ्ना दुवै प्लेटफर्ममा रहेका ट्रम्पका एकाउन्ट दुई वर्षका लागि एकाउन्ट बन्द गरेको जनाएको छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने गरेका ट्रम्पको फेसबुक खातामा यसअघि गत जनवरीमा पनि उनको अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको थियो ।

अमेरिकी राजधानी वासिङ्टन डिसीमा भएको हिंसात्मक आन्दोलनमा उनको भूमिका रहेको भन्दै ट्रम्पलाई सामाजिक सञ्जालहरुले बन्देज लगाउन थालेका हुन् । 

गत जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा राखेको विचार तथा भनाइले हिंसात्मक झडपलाई बढावा दिएको फेसबुकको स्वतन्त्र छानबिन बोर्डले जनाएको थियो । त्यतिबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्विटरले पनि तत्कालै ट्रम्पको अकाउन्ट बन्द गराएका थिए ।

ट्रम्पले अब सन् २०२३ को जनवरीबाट मात्रै पुनः आफ्नो एकाउन्ट चलाउन पाउने फेसबुकले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार ७:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया