१० हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान

डच धाविका सिफन हसनले १० हजार मिटरमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । 

उनले नेदरल्यान्डको हेन्गेलोमा एफबिके गेम्स अन्तर्गत भएको खेलमा २९ मिनेट ६.८२ सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरिन् ।

हसनले सन् २०१६ को ओलम्पिकमा इथोपियाकी धाविका अलमाज अयानाले कायम गरेको २९ मिनेट १७.४५ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् ।

‘आज १० हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान कायम भएको छ । जसका लागि मैलै वर्षौँदेखि  मेहनत गरेको थिए’, हसनले खेलपछि भनिन्, ‘मेरो सपना पूरा भएको छ र डच समर्थक सामु यो सफलता प्राप्त गर्दा म निकै खुसी छु ।’





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १०:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया