दीपक मनाङेमाथि कारवाही गर्न राखेपको माग
रमेश सिलवाल र राजेश गुरुङको अपमान गरेको आरोप

राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङलाई कारवाहीको माग गरेको छ। 

राखेपले सोमबार विज्ञप्ति निकालेर प्रदेश मन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङमाथि लगाएको आरोपलाई अमर्यादित भनेको छ।

राखेपले अमर्यादित, अशोभनीय र लाञ्छनायुक्त तथा निन्दनीय अभिव्यक्ति दिएको जनाउँदै कारवाही माग गरेको हो ।  खेलकुदको विकास र विस्तारमा सक्रिय परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले खेल जगतको अपमान भएको दाबी राखेपले गरेको छ। 

राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा समाजले पचाउन नसक्ने अभिव्यक्ति एउटा जनप्रतिनिधि र मन्त्रीबाट आउनु  खेदजनक रहेको जनाइएको छ। 
 

के भनेका थिए दीपक मनाङेले ? हेर्नुहाेस् याे भिडियाे— 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २१:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया